सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बनेपा नगरपालिकाका मेयर बादेले दिए राजीनामा, एमालेलाई ठूलो धक्का

बनेपा नगरपालिकाका मेयर बादेले दिए राजीनामा, एमालेलाई ठूलो धक्का

5720
Shares
बनेपा नगरपालिकाका मेयर बादेले दिए राजीनामा, एमालेलाई ठूलो धक्का

काभ्रे : बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादे पदबाट राजीनामा दिनु भएको छ । बादेले आज उपमेयर रेखा सापकोटा दाहाल समक्ष राजिनामा दिनुभएको हो । बादेले केहीदिन अघि पत्रकार सम्मेलन गरेर एमाले छोडेको घोषणा गर्नुभएको थियो ।

बादे २०७४ सालको निर्वाचनमा एमालेबाट ११ हजार ४ सय ९ ल्याएर मेयरमा विजयी हुनुभएको थियो । बादे एमाले र मेयर पदबाट राजीनामा दिएपछि एमालेलाई ठूलो नोक्सानी पुगेको छ ।

बादे पत्रकार सम्मेलन गर्दै टिकट वितरणमा निकै असन्तुष्टि जनाउनुभएको थियो । बाँस्कोटाले आफुलाई धोका दिएको बताउनुभएको थियो । बनेपामा लक्ष्मी नरसिंह बादेको उदयसंगै एमालेलाइ संगठन निर्माण सहज भएको थियो ।

 

5720
Shares

ट्रेन्डिङ