सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • धुलिखेलको मेयरमा स्वतन्त्रका उम्मेरदवार बिदुर बस्नेतको अग्रता

धुलिखेलको मेयरमा स्वतन्त्रका उम्मेरदवार बिदुर बस्नेतको अग्रता

7810
Shares
धुलिखेलको मेयरमा स्वतन्त्रका  उम्मेरदवार बिदुर बस्नेतको अग्रता

काभ्रेको धुलिखेल नगरपालिका वडा नं १ को मत गणना जारी छ । जम्मा एक हजार मत गणना हुँदा मेयर पदमा स्वतन्त्रका उम्मेरदवार बिदुर बस्नेतले अग्रता लिएका छन् । उनको चुनाव चिन्ह जेब्रामा ४ सय ५२ मा आएको छ ।

त्यस्तै एमालेका अशोक ब्याञ्जु श्रेष्ठले ३ सय ७१ मत प्राप्त गरेका छन् । नेकपा एकिकृत समाजवादीका दया सागर श्रेष्ठको १२ मत छ भने मंगोल अर्गनाइजेशनको ७ र राप्रपाको १ मत छ ।

त्यस्तै उपमेयरमा गठबन्धन तर्फका उम्मेरदवार नेपाली काँग्रेसका निराजन जंगमले ४ सय ५६ मत पाएका छन् । एमालेकी लालतारा अधिकारीले ३ सय ८५ र मंगोल अर्गनाइजेशनको ७ मत छ ।

त्यसैगरी वडा अध्यक्षमा काँग्रेसका उम्मेरदवारको ४ सय ४ मत, नेकपा एमालेको उम्मेरदवारको ३ सय ४२ मत र माओवादी केन्द्रका उम्मेरदवारले ९५ मत पाएका छन् ।त्यस्तै नेकपा एकिकृत समाजवादी तर्फका उम्मेरदवारले ४ र मंगोल अर्गनाइजेशनतर्फका उम्मेरदवारले २ मत प्राप्त गरेका छन् । मत गणना जारी छ ।

7810
Shares

ट्रेन्डिङ