सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नमोबुद्ध पूर्ण खोप सुनिश्चित नगर घोषणा

नमोबुद्ध पूर्ण खोप सुनिश्चित नगर घोषणा

2950
Shares
नमोबुद्ध पूर्ण खोप सुनिश्चित नगर घोषणा

काभ्रे : नमोबुद्ध नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ । आर्थिक बर्ष २०७९÷८० को चैत्र मसान्तसम्मको अवधीमा १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाले पाउनुपर्ने खोप लगाएको सुनिश्चित भएपछि खोप सुनिश्चित नगर घोषणा गरिएको हो । १६ महिना सम्म पाउनुपर्ने खोप सो अवधीमा नपाएको भए २३ महिनासम्ममा पुरा गरिन्छ ।

सोमबार नगरपालिकामा वडा अध्यक्ष, १४ वटै स्वास्थ्य संस्थाका प्रतिनिधीहरुको उपस्थितीमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो । यसअघि विभिन्न मितिमा नगरपालिकाका ११ वटै वडा पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका छन् ।

नगरपालिकाको आधारभूत स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत भगिरथ अधिकारीका अनुुसार, १४ स्वास्थ्यबाट सो उमेर समुहका ३ सय २३ जनाले खोप पाएको प्रमाणित भएपछि घोषणा गरिएको हो । उनका अनुसार, घोषणापूर्व ती स्वास्थ्य संस्थामार्फत घरधुरी सर्वेक्षण समेत गरिएका थिए ।

चैत्र महिनालाई खोप महिनाको रुपमा विभिन्न अभियान सञ्चालन गरिन्छ । घरधुरी सर्वेक्षण सहित खोप पाउन कोही छुटे नछुटेको यकिन गरी सो बर्षलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिन्छ ।

 

2950
Shares

ट्रेन्डिङ