सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • नमोबुद्धमा डेगीं विरुद्धको अभियान तिव्र

नमोबुद्धमा डेगीं विरुद्धको अभियान तिव्र

2145
Shares
नमोबुद्धमा डेगीं विरुद्धको अभियान तिव्र

काभ्रे : समुदायमा डेंगी संक्रमण बढ्ने जोखिम रहेको भन्दै नमोबुद्ध नगरपालिकामा डेगीं विरुद्धको अभियान तिव्र पारिएको छ । राष्ट्रिय अभियानसंगै नमोबुद्धमा ‘खोज र नष्ट गर’ अभियान तिव्र पारिएको हो ।

नमोबुद्ध स्वास्थ्य शाखाको संयोजनमा नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, प्रवक्ता टिकाबहादुर केसीसहित वडाअध्यक्षहरु, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, महिला स्वास्थ स्वयंमसेविका र सरोकारवाला समेतको सहभागितामा डेंगी सार्न सक्ने लामखुट्टेको सम्भावित वासस्थान भएका पुराना टायर, ड्रम लगायतमा संचित गरिएका पानी पोखिनुका साथै स्वास्थ्य सचेतना समेत गरिएको स्वास्थ्य शाखा प्रमुख भगिरथ अधिकारीले जानकारी दिए ।

उनका अनुसार, साउन १४ र १५ गते भकुण्डेवेशीमा बुच्चाकोटदेखि नौविसे सम्म र साउन १७ र १८ गते नमोबुद्ध देखि दाप्चा बजारसम्म लामखुट्टेका सम्भावित बासस्थान नष्ट गरिएको थियो ।

साउन १८ गते नै कानपुर क्षेत्रमा डेंगी नियन्त्रणका लागि माइकिङ गरिएको थियो । अभियान अन्तरगत दाप्चा माध्यमिक विद्यालय, श्रीकृष्ण माध्यमिक विद्यालयमा शिक्षक, विद्यार्थीको सहभागितामा सचेतना गरिएको छ ।

अन्य विद्यालय र समुदायमा पनि सचेतना गराइने अधिकारीले जानकारी दिए । डेंगीको परिक्षण, उपचार र व्यवस्थापन तयारी अवस्थामा रहेको पनि उनले जानकारी दिए ।

2145
Shares

ट्रेन्डिङ