सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • जुवातास खेलिरहेको अवस्थामा काभ्रेकि लक्ष्मीसहित २२ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा काभ्रेकि लक्ष्मीसहित २२ जना पक्राउ

34420
Shares
जुवातास खेलिरहेको अवस्थामा काभ्रेकि लक्ष्मीसहित २२ जना पक्राउ

काठमाडौं : जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट २२ जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने प्रज्वल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसहित ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो।

यसैगरी काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर डेरा गरी बस्ने काभ्रेपलान्चोक धुलिखेल नगरपालिका-८ घर भएकी ४५ वर्षीया लक्ष्मी तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत १५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४५ हजार ४ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो। दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

34420
Shares

ट्रेन्डिङ