सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

315
Shares
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

धनुषाधाम नगरपालिका–९, बस्ने अन्दाजी २५ वर्षीय आनन्द विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।बुधबार राति ८ः२० बजे धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश २–००६ प ६०८४ मोटरसाइकल दुर्घटना भएको थियो ।

तीव्र गतिका कारण सन्तुलन बिग्रेर मोटरसाइकल दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरिएको छ । दुर्घटनाबाट घाइते भएका विकको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहले  बताए ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमका लागि राती नै प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

315
Shares

ट्रेन्डिङ