सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • तेमालको सरमथली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

तेमालको सरमथली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

1060
Shares
तेमालको सरमथली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काभ्रे : तेमाल गाउँपालिका वडा नं. ३ सरमथली कुँडालमा रहेको सरमथली स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामग्री उपलब्ध गराईएको छ ।

धुलिखेलमा रहेको कान्छीमाया तामाङ फाउण्डेशनको समन्वयमा बोधि सत्व विहार बुढानिलकण्ठले सो स्वास्थ्य चौकीका लागि अक्सिजन कन्सन्टेटर १ थान, मेडिकल फोरहेड थर्मामिटर ५ थान, पिपिएपी मेशिन १ थान, केएन ९५ मास्क २ बाकस, पल्स अक्सिमिटर १० थान, पिपि सेट, मास्क, सेनेटाइजर, ग्लोब्सलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि फाउण्डेशनका अध्यक्ष डा. दिलबहादुर लामाले ती स्वास्थ्य सामग्री अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं तेमाल गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष विष्णुबहादुर तामाङ र सरमथली स्वास्थ्य चौकी इञ्चार्ज पेम्बा तामाङलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. लामाले ग्रामिण भेगमा आफूहरुले सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै स्वस्थ रहन पाउनु सबैको अधिकार भएको बताउनु भयो । उहाँले भावी दिनहरुमा पनि यस प्रकारका गतिविधिमा फाउण्डेशनले कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताउनु भयो ।

दाता निकाय बोधिसत्व विहारसँगको समन्वयकर्ता एवं कार्यक्रमका विशिष्ट अतिथि टेकबहादुर तामाङले ग्रामिण भेगमा स्वास्थ्य सामग्रीको पूर्ण उपलब्ध गराउन सके स्वास्थ्य सेवामा सहजता हुने बताउनुभयो । उहाँले कान्छिमाया तामाङ फाउण्डेशनले गर्दै आएको सेवाको पनि प्रशंसा गर्नुभयो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष लामाले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा जो कोही जान चाहन्छ, त्यो नागरिकको नैसर्गिक अधिकार भएको बताउनु भयो । उहाँले गुणस्तरीय स्वास्थ्य सेवामा स्वास्थ्य प्रदायक संस्था, स्वास्थ्यकर्मी र सेवाग्राही सबैको इमान्दारिता र जिम्मेवारी भए पनि सिमित साधन स्रोतसँग सम्झौता गर्नु पर्ने बाध्यता रहेको र दातृ निकायहरुबाट प्राप्त हुने सहयोगले यसमा उर्जा थपिने बताउनु भयो । उहाँले दाता निकाय बोधिसत्व विहार र कान्छिमाया तामाङ फाउण्डेशनलाई विशेष धन्यवाद दिँदै भावि दिनहरुमा पनि सहयोग निरन्तर राख्न आग्रह गर्नुभयो ।

1060
Shares

ट्रेन्डिङ