सबैको समाचार
आइतवार, बैशाख १६, २०८१

कस्तो रहला आजको मौसम ?

1385
Shares
कस्तो रहला आजको मौसम ?

काठमाडौं, ९ भदौ : कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केही स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी र मधेश प्रदेशका एक(दुई स्थानमा मेघगर्जन रचट्याङसहित भारी वर्षाको सम्भावना छ। राति कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

1385
Shares

ट्रेन्डिङ