सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • एमसीसी फिर्ताको माग गर्दै काभ्रेमा प्रदर्शन (भिडियो )

एमसीसी फिर्ताको माग गर्दै काभ्रेमा प्रदर्शन (भिडियो )

1215
Shares
एमसीसी फिर्ताको माग गर्दै काभ्रेमा प्रदर्शन (भिडियो )

काभ्रे : नेपाल कम्युनिष्ट पार्टीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) खारेजीको माग गर्दै काभ्रेको बनेपामा प्रदर्शन गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीले आज आइतबार एमसीसी परियोजनाविरुद्ध बनेपामा प्रदर्शन गरेको हो ।

देश बेच्न पाइँदैन, एमसीसी हामीलाई चाँहिदैन, गो ब्याक अमेरिका भन्दै नाराबाजी गरेका थिए । एमसीसीका लागि कार्यान्वयन मिति नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टीलेका नेता तथा कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् ।

अर्थ मन्त्रालय र एमसीसीबीच ६ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स-इआइएफ) तोकिएको थियो । गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए-नेपाल) को सञ्चालक समिति बैठकले भदौ १३ लाई इआइएफ मिति तोकेको हो ।

एमसिसी नेपाल कम्याक्टअन्तर्गत कार्यान्वयन हुने विद्युत् प्रसारणलाइन र सडक निर्माणसम्बन्धी आयोजनाको काम इआईएफ मिति घोषणा भएको पाँच वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्नेछ । यसरी पाँच वर्ष गणना थालिने अवधि भदौ १३ गतेलाई तोकिएको हो।

जग्गा प्राप्ति तथा मुआब्जा वितरणसम्बन्धी केही कार्य सम्पन्न गर्न बाँकी रहेको छ तर एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमलाई कार्यान्वयनमा प्रवेश गराइसकेपछि र छनोट भएका निर्माण कम्पनीलाई कार्यस्थलमा पहुँच आवश्यक हुने हुँदा निकै अघि नै ती कार्य सम्पन्न एमसीएले जनाएको छ ।

अमेरिकी अनुदानसम्बन्धी यो सम्झौतामा हस्ताक्षर भएदेखि लागू हुने अवस्थासम्म आइपुग्न ६ वर्ष लागेको छ । अर्थ मन्त्रालय र एमसिसीबीच २०७४ भदौ २९ (२०१७ सेप्टेम्बर १४) मा भएको सम्झौता २०७८ फागुन १५ गतेको संसद् बैठकबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको थियो ।

https://www.facebook.com/sabaikosamacharonline/videos/1676315172780990

1215
Shares

ट्रेन्डिङ