सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • श्री एयरको विमानसँग ठोक्किएको परेवा फेला

श्री एयरको विमानसँग ठोक्किएको परेवा फेला

13365
Shares
श्री एयरको विमानसँग ठोक्किएको परेवा फेला

काठमाडौं । श्री एयरलाइन्सको विमानले चरालाई ठक्कर दिएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग सञ्चालनमा आएको छ ।

नेपालगञ्ज विमानस्थलबाट आएको श्रीको विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्किएपछि धावनमार्ग बन्द गरिएको थियो ।

विमानस्थल बन्द गरेर धावन मार्गमा चराको खोजी गरिएको थियो । त्यसक्रममा टुक्राटुक्रा अवस्थामा परेवा फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

श्रीको विमानमा भने चरा ठिक्किदा कुनै क्षति नपुगेको र यात्रु सकुशल रहेको विमानस्थलले जनाएको छ ।

13365
Shares

ट्रेन्डिङ