सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • फिफा वरियतामा नेपालको छ स्थान

फिफा वरियतामा नेपालको छ स्थान

3400
Shares
फिफा वरियतामा नेपालको छ स्थान

फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल छ स्थान सुधार गर्दै दक्षिण एसियामा तेस्रो स्थानमा उक्लिएको छ ।
गत महिना नेपाल १८१ औँ स्थानमा रहेकामा अब १७५ औँ स्थानमा छ । त्यस्तै फिफा वरियतामा १२९ औंँ दर्जामा रहेको भारत दक्षिण एसियाको पहिलो स्थान तथा माल्दिभ्स १४५औंँ दर्जाका साथ दोस्रो स्थानमा छ । त्यस्तै नेपालभन्दा एक स्थान सुधार गरे पनि भुटान नेपालभन्दा एक स्थानमुनि अर्थात् १७६ औंँ स्थानमा छ ।
पाँच स्थानमा खस्किएको बङ्गलादेश वरियताको १९० आँै स्थानमा छ । दक्षिण एसियाका श्रीलङ्का र पाकिस्तान क्रमशः १९६ आँँैं र १९७ औँ स्थानमा छन् । त्यस्तै अफगानिस्तान पाँच स्थान खस्कँदै १५१ औँ स्थानमा पुगेको छ ।
फिफा वरियतामा पहिलो स्थानमा अर्जेन्टिना, दोस्रामा ब्राजिल तथा तेस्रामा जर्मनी छन् ।
क्रिकेटःहिमालयन ह्वाइट विजयी
स्थानीय कीर्तिपुरमा जारी दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन ह्वाइट हाउस कलेज विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ह्वाइट हाउसले पिसी फाइटर एघारलाई १०७ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको ह्वाइट हाउसले पूरा ओभर खेलेर ९ विकेटका क्षतिमा १६९ रनको स्कोर बनायो ।
जवाफी ब्याटिङमा उत्रेको पिसी फाइटर इलेभेन १६ ओभरमा ६२ रन जोड्दै अलआउट भयो । जितसँगै ह्वाइट हाउस क्वाटरफाइनलमा प्रवेश गरेको छ । ह्वाइट हाउसका लागि मेहबुब आलमले सर्वाधिक ५१ रन जोडे । त्यस्तै सुबेन्दु पाण्डेले ३८, प्रनित थापा मगरले ३२ तथा अमरसिंह राउटेलाले २५ रन जोडे । यता पिसी एघारका नरेश चन्दले २२ र अरुण चन्दले १२ बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।
आजै भएको दोस्रो खेलमा नेपाली राइनोजले पारस खड्काको कप्तानीमा रहेको सशस्त्र प्रहरी बललाई पाँच विकेटले पराजित गरेको छ । जितसँगै नेपाली राइनोज क्वाटरफाइनलमा प्रवेश ग¥यो ।
हिमालय शारीरिक सुगठन चैतमा
नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घको आयोजनामा छैटौँ मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता आगामी चैत २५ र २६ गते काठमाडौँमा हुने भएको छ ।
प्रतियोगितामा पुरुषतर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजीमुनि र ७५ केजीमाथि गरी छ तौल समूहमा प्रतिस्पर्धा हुने आयोजक सङ्घका महासचिव राजन श्रेष्ठले जानकारी दिनुभयो ।
मिस्टर हिमालय उपाधि विजेताले रु दुई लाख ७५ हजार पुरस्कार प्राप्त गर्नेछन् । सो पुरस्कार गत संस्करणभन्दा रु ५० हजारले बढी हो । पाँचौंँ संस्करणका विजेता नेपाल व्यायाम मन्दिरका रामहरि खनालले रु दुई लाख २५ हजार हात पारेका थिए । त्यस्तै आआफ्नो तौल समूहमा पहिलो हुनेले रु २५ हजार, दोस्राले १५ हजार र तेस्राले रु १० हजार पुरस्कार जित्ने छन् ।
प्रतियोगिताका क्रममा पुरुष फिटनेस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्स विधामा पनि प्रतिस्पर्धा हुनेछ । सो स्पर्धा नेपालमै पहिलो पटक हुन लागेको महासचिव श्रेष्ठले बताउनुभयो । एक संस्थाबाट एक वजन समूहमा बढीमा दुई खेलाडीले मात्र भाग लिन पाउने प्रावधान छ । मनाङ मस्र्याङ्दी फाइनलमा
धनगढी–मनाङ मस्र्याङ्दी क्लब यहाँ जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आज भएको पहिलो सेमिफाइन खेलमा भारतको दिल्ली युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै मनाङ मस्र्याङ्दी फाइनलमा पुगेका हो ।
खेलको सुरुआतमा दोस्रो मिनेटमै दिल्लीका थोपीले गोल गर्दै अग्रता लिए पनि सातौँ मिनेटमा मनाङका कप्तान अनिल गुरुङले गोल गर्दै खेल बराबरीमा पु¥याए । पहिलो हाफको ४४ आँैं मिनेटमा मनाङका ओलाओलेले अर्को गोल गर्दै अग्रता दिलाए ।
दोस्रो हाफमा केही आक्रामक रुपमा प्रस्तुत भएको मनाङले ८९ औंँ मिनेटमा तेस्रो गोल थप्दै जित सुनिश्चित ग¥यो । कप्तान अनिल गुरुङले व्यक्तिगत दोस्रो गोल गरी टोलीको जित सुनिश्चित गरे ।
जितपछि प्रतिक्रिया दिँदै मनाङका प्रशिक्षक छिरिङलोप्चन गुरुङले आफ्नो टोलीले राम्रो खेलेर जितेको छ भन्दै धेरै गोल गर्ने रणनीति दिल्लीका गोलरक्षक सन्जु थापाको उत्कृष्ट प्रदर्शनले असफल पारेको बताउनुभयो ।
मनाङका कप्तान गुरुङले अब उपाधि जित्ने जिकिर गर्दै फाइनलमा पनि यस्तै खेल खेलेर खप्तड गोल्डकपलाई आफ्नो पोल्टामा पार्ने बताउनुभयो ।
दिल्लीका प्रशिक्षक क्लेवसन वारतेले केही मौका गुमाउँदा र विपक्षीले उत्कृष्ट खेल खेल्दा फाइनलमा पुग्न नसकेको प्रतिक्रिया दिनुभयो । गोल्ड कपअन्तर्गत शुक्रबार दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम ११ र काठमाडाँैको सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुने छ । रासस

3400
Shares

ट्रेन्डिङ