सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • विद्या सागर इङ्लिस सेकेण्डरी स्कुलकाे देउसी भैलाे कार्यक्रम सम्पन्न

विद्या सागर इङ्लिस सेकेण्डरी स्कुलकाे देउसी भैलाे कार्यक्रम सम्पन्न

1120
Shares
विद्या सागर इङ्लिस सेकेण्डरी स्कुलकाे देउसी भैलाे कार्यक्रम सम्पन्न

काभ्रे | बनेपामा रहेकाे विद्या सागर इङ्लिस सेकेण्डरी स्कुलमा भि.एस. किड्स,ट्यालेन्ट हन्ट, डिस्गाइज र देउसी भैलाे कार्यक्रम २०८० सम्पन्न भएकाे छ । हिजाे र आज दुई दिन गरि उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।

भि.एस किड्समा कक्षा १ देखि ४ सम्मका गरि जम्मा ३२ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए । जसअन्तर्गत केटाहरूबाट सुयाेग पाैडेल थर्ड रनरप, रिदम जङ्ग थापा सेकेण्ड रनरप,श्लाेक कटेल फर्स्ट रनरप र सतिस दाहाल विजयी हुन सफल भएका थिए भने केटीहरूबाट जिमी तामाङ थर्ड रनरप,देलिसा लामा सेकेण्ड रनरप,संवृद्धि दाहाल फर्स्ट रनरप र सायना बादे विजेता हुन सफल भएकी थिइन् ।

त्यस्तै ट्यालेन्ट हन्टमा दिलासा थापा चाैँथाे,कृजन पाैडेल तेस्राे, विकिशा लामा दाेस्राे,र प्रनिशा चाैलागाईँ प्रथम हुन सफल भएका थिए। यसै गरी डिस्गाइज प्रतियाेगितामा भने क्रमश: विवेश यादव चाैँथाे, सफलता महत तेस्राे,आदित्य कार्की दाेस्राे र प्रकृति मानन्धर प्रथम हुन सफल भएका थिए ।

आफ्नाे संस्कृतिकाे महत्तव बुझेर संस्कृतिलाई जाेगाउनुपर्छ भन्ने उद्देश्यका साथ सम्पन्न भएकाे देउसी भैलाे कार्यक्रममा निलाे सदन चाैँथाे,पहेँलाे सदन तेस्राे, राताे सदन दाेस्राे र हरियाे सदन प्रथम हुन सफल भएका थिए । बालबालिकाहरूकाे चाैतर्फी विकास गर्नकाे लागि उक्त कार्यक्रमहरूकाे आयाेजना गरिएकाे इ.सि.ए इन्चार्ज नरेन्द्र प्रधानले बताउनुभयाे ।

1120
Shares

ट्रेन्डिङ