सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पेट्रोल पम्पले रोके पेट्रोल बिक्री

पेट्रोल पम्पले रोके पेट्रोल बिक्री

665
Shares
पेट्रोल पम्पले रोके पेट्रोल बिक्री

पोखरा | तिहार बिदामा पेट्रोलियम पदार्थको आयात नहुँदा पोखराका अधिकांश पेट्रोल पम्पले सूचना टाँसेर वितरण रोकेका छन् । बिहीबारदेखि नै पोखराका पेट्रोल पम्पले पेट्रोलियम पदार्थ वितरण गर्न नसकेको जनाएका छन् ।

पोखराका अधिकांश पेट्रोल पम्पमा सूचना टाँस गरेर दिउँसो ४ बजेमात्र पेट्रोलियम पदार्थ वितरण गर्न सक्ने जनाएका हुन् । तिहार बिदामा इन्धन नै नआएको र भण्डारण पनि सकिएकाले पेट्रोल, डिजेल दिन नसकेको पेट्रोल पम्पहरुले जनाएका छन् ।

पेट्रोल नपाउँदा तिहार मानेर फर्किनेहरु मर्कामा परेका छन् । पेट्रोलको खोजीमा पोखरा घुमे पनि पाउन नसकेको स्याङ्जाका मुक्ति सुवेदीले दुखेसो पोखे ।पेट्रोलियम डिलर्स एसोसिएसन गण्डकीका अध्यक्ष राजन गोंगजुले तिहार बिदामा पेट्रोल नआएका कारण अभाव भएको र साँझदेखि वितरण हुने जानकारी दिए ।

३/४ दिन बिदा हुँदा आयल निगम गण्डकीले कर्मचारी बिदामा रहेको भन्दै उपलब्ध नगराएको गोंगजुको भनाइ छ । आफूहरुले पेट्रोल पम्प खोल्ने भने पनि इन्धन नआएको र पुराना संरचनामा भण्डारणसमेत कम हुँदा पेट्रोलियम पदार्थ उपलब्ध गराउन नसकिएको उनले बताए ।

शुक्रबार साँझदेखि शनिबारसम्म पेट्रोलियम पदार्थ नियमित हुने र आइतबार छठको बिदा भएकाले सोमबार फेरि अभाव हुन सक्ने पेट्रोल पम्पहरुले जनाएका छन् । लेखनाथ क्षेत्रका केही पेट्रोल पम्पहरुबाट वितरण भए पनि अधिकांश अहिले पनि बन्द नै छन् ।

665
Shares

ट्रेन्डिङ