सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • १४ जना भूकम्पपीडिको चिसोकै कारण ज्यान गयो

१४ जना भूकम्पपीडिको चिसोकै कारण ज्यान गयो

660
Shares
१४ जना भूकम्पपीडिको चिसोकै कारण ज्यान गयो

जाजरकोट । जाजरकोटमा भूकम्प पीडितलाई चिसोले झन् कहर थपेको छ । स्थानीयतहको विवरण अनुसार भूकम्पबाट जोगिएका १४ जनाले चिसोका कारण ज्यान गुमाएका छन् ।

चिसोका कारण भेरी नगरपालिकामा मात्रै ३ जनाले ज्यान गुमाएका छन् । भेरी नगरपालिका–४ तल्याउनका केशव भडेल, भेरी २ का ८८ वर्षीय धुलेश्वर कार्की र २ की एक महिने बालिका निरुता पुनले चिसोकै कारण ज्यान गुमाइन् ।

यस्तै छेडागाड नगरपालिका–१३ थानबाडाकी ५६ वर्षीया मनसरी कामी, जुनीचाँदे गाउँपालिका–४, लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, नलगाड नगरपालिका–४ की ४८ वर्षीया पम्फा रावल, ८४ वर्षीय गोपालबहादुर रावल र वडा नम्बर ८ टापुकी ७० वर्षीया विष्णुकुमारी खत्री, बारेकोट गाउँपालिका बयालाका ६० वर्षीय कर्णवीर विक र बारेकोट–६ ताँसीका ५५ वर्षीय वीरबहादुर विकको पनि मृत्यु भएको छ ।

यस्तै बारेकोट गाउँपालिका–१, रामीडाँडाका ७० वर्षीय डुमे पुन र वडा नम्बर ४ जिरीका नरेन्द्रबहादुर सिंह, कुशे गाउँपालिका–५ की ६५ वर्षीया देवी मल्ल र वडा नम्बर ६ का ५५ वर्षीया गथु शाहीको पनि चिसोका कारण मृत्यु भएको छ ।

गत कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा गरी १५४ जनाको मृत्यु भयो भने हजारौँ घाइते भएका थिए ।

660
Shares

ट्रेन्डिङ