सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • १३ जोडीको सामूहिक अन्तर्जातीय विवाह

१३ जोडीको सामूहिक अन्तर्जातीय विवाह

1485
Shares
१३ जोडीको सामूहिक अन्तर्जातीय विवाह

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका-२ स्थित सतलोक आश्रममा १३ जोडीको सामूहिक आदर्श तथा अन्तरजातीय विवाह भएको छ ।

आश्रमको ५१०औं तीन दिवसीय दिव्य धर्म यज्ञको अवसरमा सोमबार १३ जोडीको सामूहिक विवाह सम्पन्न गराइएको हो ।विवाह सम्पन्न हुने चार जोडी नेपाल र ९ जोडी भारतका छन् ।

असुर निकन्द रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा विवाह सम्पन्न गराइएको शन्त रामपालका अनुयायी इश्वरदत्त भट्टले जानकारी दिएका छन् । असुर निकन्दन रमेणी मन्त्रको उच्चारण गरी १७ मिनेटमा सम्पन्न गरिने भएकाले यसलाई रमेणी विवाह पनि भनिन्छ ।

यो विवाह आदर्श एवं दाइजोमुक्त हुन्छ । जातीय वा अन्तरजातीय विवाह गर्नु पहिले सबै जोडीका अभिभावकको अनुमति एवं उपस्थिति अनिवार्य हुनुपर्ने अनुयायी भट्टले बताएका छन् ।

 

1485
Shares

ट्रेन्डिङ