सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • रेफ्रीलाई मुक्का हानेपछि खेल स्थगित

रेफ्रीलाई मुक्का हानेपछि खेल स्थगित

710
Shares
रेफ्रीलाई मुक्का हानेपछि खेल स्थगित

काठमाडौं । टर्किस सुपर लिगका खेलहरु स्थगित भएका छन् ।

टर्कीमा एक क्लबका अध्यक्षले रेफ्रीमाथि मुक्का प्रहार गरेपछि खेलहरु स्थगित भएका हुन् ।

मैदान प्रवेश गर्दै शीर्ष श्रेणी अन्तर्गत एमकेई अन्कारगुकु र काएकुर रिजेस्पोरबीच भएको खेलमा एमकेई अन्कारगुकुका अध्यक्ष फारुक कोकाले रेफ्री हालिल उमुत मेलरलाई मुक्का प्रहार गरेका थिए ।

मुक्का प्रहार भएपछि रेफ्री मेलर मैदानमै ढलेका थिए । उनी घाइते छन् । उनलाई अस्पताल लगेर उपचार गर्नुपरेको थियो । उनको उपचारमा संलग्न फिजिसियन डक्टर मेहमेत युरोबुलुटले ठूलो चोट भने नरहेको बताएका छन् ।

710
Shares

ट्रेन्डिङ