सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एउटै पार्टी बनाउ भन्ने हाम्रो उदेश्य हो : माधवकुमार नेपाल

एउटै पार्टी बनाउ भन्ने हाम्रो उदेश्य हो : माधवकुमार नेपाल

785
Shares
एउटै पार्टी बनाउ भन्ने हाम्रो उदेश्य हो : माधवकुमार नेपाल

काभ्रे | नेकपा एकीकृत समाजवादीका अधक्क्ष एवं पुर्व प्रधानमन्त्रि माधब कुमार नेपालले सम्बोधनको क्रममा हिजो नेकपा एमाले र एकीकृत समाजबादी एकै ठाउमा बस्नै नसक्ने सास नै गहनाउने अहिले बास्ना आउँ थालेको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेको अधिबेशनलाई स्म्बॊधन गर्दै नेपालले यस्तो बताएका हुन्

संगै उनले देशमा भएका सबै कम्युनिस्टहरुलाई मिलाउन चाहन्छौ , नेपालका सबै कम्युनिस्टहरु एकै ठाउमा एकै थलोमा आउँन , एउटा पार्टी बनाउन भन्ने हाम्रो धोषित उदेस्य भएको बताएका हुन् । संगै उनले राजनीतिमा स्थाई शत्रु नहुने बताए।

उनले सम्बोधनकै क्रममा अहिले एकीकृत समाजबादी संग मिलन गयो भन्ने चर्चा छ र अहिले नै त्यो मिल्ने सम्भाबना नरहेको बताएका छन्। नेपालमा कम्युनिस्ट पार्टी निर्माण र त्यस अन्तर्गतपनि आफ्नो अत्यन्तै महत्वपुर्ण भूमिका निभाएको बताएका छन्।

” हामी समाजबादी क्रान्तिको चरणमा प्रवेश गरेका छौ ” भन्दै पार्टीको स्थापनालाई स्मरण गर्दै उनले भने ति सबै मान्यता हरुलाई २०७८ सालको भाद्र ९ गतेको नयाँ पार्टी बनाएको बेलामा अगाडी सारेको दस्ताबेजमा उल्लेख गरिएको बताए। अब पार्टी अधिबेशनमा जाने चरण छौ भन्दै अब हाम्रो अधिबेशन दशौ हुनेछ किन भने हामि एकीकृत भएको बेलामा ९ औ महादीवेशन भएको थियो।

उनले समाजबादी पार्टी जन्मनु र आफुले केपी ओली संग एमालेको ९ औ अधिवेसनमा आफुले प्रतिस्पर्दा गर्दाको बखत पछि सुरु भएको मनमुटाबले गर्दा एकीकृत समाजवादीको जन्म भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेको १० औं अधिवेशन आजबाट प्रारम्भ भएको छ । चैत्र ३ र ४ गते हुने जिल्ला अधिवेशन ‘समाजवादको यात्रा हाम्रो अभियान, सम्बृद्ध काभ्रे निर्माणका लागि १० औँ जिल्ला अधिवेशन’ भन्ने नाराका साथ सम्पन्न हुदै छ ।

आज प्रदेश कमिटिका पदाधिकारी र केन्द्रिय पदाधिकारी सहित जिल्लाका नेता कार्यकर्ताको उपस्थितिमा अधिवेशनको उद्घाटन सत्र संचालन गरिएको हो।

785
Shares

ट्रेन्डिङ