सबैको समाचार
शनिबार, फाल्गुन १२, २०८०
  • होमपेज
  • एनसीसीको नायब महाप्रबन्धमा पाठक

एनसीसीको नायब महाप्रबन्धमा पाठक

3140
Shares
एनसीसीको नायब महाप्रबन्धमा पाठक

नेपाल क्रेडिट एण्ड कमर्श (NCC) बैंकको नायब महाप्रबन्धक पदमा बन्दना पाठकलाई नियुक्त भएकी छिन । यसअघि पाठकले सो बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत कार्यभार सम्हाल्दै आएकी थिइन ।
अर्थशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेकी पाठकले १९९४ मा नेपाल बंगलादेश बैंकबाट बैकिङ्ग करियर सुरु गरेही हुन् । पाठकले १० वर्ष सो बैंकमा काम गरेर २००४ मा एनसीसी बैंकमा नायब प्रवन्धक पदमा प्रवेश गरेकी थिइन ।
सहायक पदबाट बैकिङ्ग सेवा शुरु गरेकी पाठक नेपालको निजी क्षेत्रको वाणिज्य बैंकमा नायब प्रमुख कार्यकारी तहमा पुग्ने सम्भवतः पहिलो महिला बनेकी हुन । मर्जमा भएको तीन वटा विकास बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृतहरु राजाराम खड्का, कमल गौतम र रेवन्तकुमार दाहालले डेपुटी जनरल म्यानेजरको भूमिका पाएका छन् ।

3140
Shares

ट्रेन्डिङ