सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सुन तस्करीका मुख्य आरोपी दाबा सहित अन्य ३ को नागरिकतामा हस्ताक्षर गर्ने काभ्रेका अधिकृत खरेल पक्राउ

सुन तस्करीका मुख्य आरोपी दाबा सहित अन्य ३ को नागरिकतामा हस्ताक्षर गर्ने काभ्रेका अधिकृत खरेल पक्राउ

1020
Shares
सुन तस्करीका मुख्य आरोपी दाबा सहित अन्य ३ को नागरिकतामा हस्ताक्षर गर्ने काभ्रेका अधिकृत खरेल पक्राउ

काभ्रे | सुन तस्करीमा संलग्नको मुख्य आरोपी मानिएका दावा छिरिङ लामाको नागरिकता जारी गर्दा सनाखत गर्ने सरकारी एक कर्मचारीलाई पक्राउ गरिएको छ । गत साउन १४ गते सुन तस्कर मुद्दामा पक्राउ परेका तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ अहिले केन्द्रीय कारागारमा छन् ।

सोही दावा सहित अन्य ३ जनालाई नागतिकता जारी गर्दाको बखत हस्ताक्षर गर्ने अधिकृत झपेन्द्र राज खरेललाई आज काभ्रेबाट नै पक्राउ गरिएको हो ।उनि बिमार भएको भन्दै उपचारका लागि भारत गएको भनिएकोमा खोज तलास गर्दा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । दावासहित अन्य पाँच जनाले समेत जिल्ला प्रशासन कार्यालय काभ्रेबाट नागरिकता लिएको पुष्टि भएपछि उनको नागरिकता खारेजीका लागि काभ्रे प्रशासनले गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।

दावासँगै पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको नागरिकता प्रकरणमा काभ्रे प्रशासनबाट २०७४ पुस २० मा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ दावाजिन वाङलाई वंशजका आधारमा नागरिकता जारी भएको थियो । सोही नागरिकता जारी गर्दाका बखत हस्ताक्षर गर्ने तात्कालिन अधिकृत झपेन्द्र राज खरेललाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।

दावाले वडाको सिफारिसविनै नागरिकता लिएको पुष्टि भएको छ । दावाले काभ्रेबाट लिएको नागरिकतामा उल्लेख भएको नमोबुद्ध नगरपालिका ११ का वडाध्यक्ष कृष्णबहादुर तामाङले नागरिकता लिन आफूले सिफारिस नगरेको जानकारी गराउँदै आएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार दावाले २०७४ पुस २० गते काभ्रेको नमोबुद्ध नगरपालिका ११ बाट वंशजको नागरिकता लिएका थिए ।

नागरिकता लिएको एक महिनामै उनले २०७४ माघ ११ गते नेपाली राहदानी लिएका थिए । नेपाली नागरिकता र राहदानीमा उनको जन्म मिति २०४१ वैशाख १५ गते उल्लेख छ । अहिले उनी नेपाली र बेल्जियम दुवै मुलुकको राहदानी प्रयोग गर्दै आएको विवरण अध्यागमन विभागले विभिन्न समयमा सार्वजनिक गरिसकेको छ । यस्तै निमा तामाङले नागरिकतामा पेमा तामाङ राखेका छन् ।

नागरिकता प्रमाणपत्र नम्बर ३०-१-७४-११८६८ रहेको छ । तत्कालीन प्रशासकीय अधिकृत झपेन्द्रराज खरेलले निमाको नागरिकतामा हस्ताक्षर गरेका हुन् । झपेन्द्रले यस अगिनै दाबा लामा ,राजु गुरुङ र कुलानन्द भन्डारीको नागरिकतामा हस्ताक्षर गरेका छन । उनिहरु सबैले दोहोरो नागरिकता र राहदानी लिएका छन । उनिहरु सबैलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । दावाले निमा तामाङका नाममा र वाङले पासाङ तामाङका नाममा नागरिकता लिएको अनुसन्धानबाट खुलेको थियो ।

नागरिकता सनाखत गराउने रामचन्द्र अर्याल र जारी गर्नेमा झपेन्द्रराज खरेल रहेको आधारमा उनीहरुमाथि अनुसन्धान भइरहेको हो ।अर्याललाई केहिदिन अघि मन्त्रालयबाट नै पक्राउ गरेको काभ्रे प्रहरीले आज भने खरेललाई पक्राउ गरेको हो । उपसचिव कृष्णबहादुर कटुवाल संयोजकत्वको गृह मन्त्रालयको छानबिन समितिले दुई चिनियाँलाई नेपाली नागरिकता दिलाएको पुष्टि गर्दै तत्कालीन अधिकृत खरेल र नासु अर्याललाई कारबाही सिफारिस गरेकोमा अर्याललाई पक्राउ गरीसकेको छ भने खरेल आज पक्राउ परेका हुन ।

नागरिकतामा हस्ताक्षर गर्ने अधिकार कानुनले प्रशासकीय अधिकृतलाई दिएको छ । तत्कालीन प्रमुख जिल्ला अधिकारी शिव सिंखडाले नागरिकतामा हस्ताक्षर गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतको हुने भएकाले आफूलाई जानकारी नभएको दाबी गर्दै आएका छन् ।

दाबा लामा र अन्य विदेशीलाई समेत नागरिकता काभ्रे प्रशासनबाट जारी गर्दाको बखत सहयोगी भूमिका निभाएको आरोपमा पक्राउ परेका दुई चिनियाँलाई नेपाली नागरिकता दिलाएको आरोपमा बागमती प्रदेशसभा सचिवालयमा हाल कार्यरत अधिकृत छैटौं तहका रामचन्द्र अर्याल र आज खरेल लाई प्रहरीले पक्राउ गरेको काभ्रे प्रहरीका सूचना अधिकारी तथा डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

खरेलमाथि काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करीमा संलग्न विदेशीलाई नेपाली नागरिकता दिलाउन सहयोग पुर्याएको आरोप छ । अर्यालसहितका कर्मचारीमार्फत काभ्रे प्रशासनले सुन तस्करलाई वंशजका आधारमा नागरिकता दिइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

खरेललाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

1020
Shares

ट्रेन्डिङ