सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • काभ्रेको कर्णालीको रुपमा चिन्निने २ गाउँपालिकाको त्रैमासिक समिक्षा सम्पन्न

काभ्रेको कर्णालीको रुपमा चिन्निने २ गाउँपालिकाको त्रैमासिक समिक्षा सम्पन्न

2540
Shares
काभ्रेको कर्णालीको रुपमा चिन्निने २ गाउँपालिकाको त्रैमासिक समिक्षा सम्पन्न

काभ्रे | काभ्रेको विकट र कर्णालीको रुपमा मानिएको डाडापारी क्षेत्रको दुई पालिकाले प्रथम त्रैमासिक अवधीको समिक्षा गरेका छन् । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकाको आर्थिक बर्ष २०८०/ ८१ को प्रथम त्रैमासिक अवधीको समिक्षा गत १७ गते खानीखोला गाउँपालिका र १८ गते महाभारत गाउँपालिकामा सम्पन्न भएको हो ।

चालु आर्थिक बर्षको प्रथम ३ महिनाको अवधीमा भएको आर्थिक, भौतिक प्रगतिको समिक्षा गरिएको हो । खानीखोला गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले प्रस्तुती गरेका थिए । भौगोलिक, सामाजिक, भौतिक, आर्थिक विकासको हिसाबले गाउँपालिका पछि परेको भन्दै उनले चुनौती सामना गर्दै विकासको बाटोमा अघि बढिरहेको बताए ।

दुबै कार्यक्रमको प्रमुख अतिथि समेत समेत रहेका बाग्मती प्रदेश सरकारका पूर्वमन्त्री रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले बहुबर्षिय आयोजनाको रुपमा अघि बढेको बिपि राजमार्ग बाट महाभारत-खानीखोला हुँदै प्रदेश राजधानी जोड्ने सडक सो क्षेत्रको बिकासको लागि कोशेढुङ्गा साबित हुने बताए ।

बाग्मती प्रदेशको सघन सहरी बिकास कार्यक्रम खानीखोलामा लागू भएको भन्दै उनले खानिखोलाको केन्द्र तालढुङ्गा हुँदै सिक्रेदोभान बाट हेटौंडा जोड्ने सडकमा पनि बहुबर्षिय ठेक्का हुन लागेको भन्दै ढुक्क हुन आग्रह गरेका छन्।

महाभारत गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरि सि विष्टले प्रस्तुती गरेका थिए । बाग्मती प्रदेश सभाका पूर्वमन्त्री रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले भौगोलिक रुपमा दुर्गम भएको कारणले बाग्मती प्रदेश सरकारले बिशेष अनुदान उपलब्ध गराएको बताए । बहुबर्षिय आयोजनाको रुपमा अघि बढेको बिपि राजमार्ग बाट महाभारत हुँदै प्रदेश राजधानी हेटौंडा जोड्ने ‘जनमुक्ति मार्ग’ सो क्षेत्रको बिकासको लागि कोशेढुङ्गा साबित हुने बताए । उनले सिपालिबाट बुढाखानि हुँदै आउने सडक बनाउन जनप्रतिनिधिको ध्यान केन्द्रित हुने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले महाभारत बिस्तारै सुगमता तर्फ बढेको भन्दै ३६५ दिन नै गाडी चल्ने सडक बनाइनुपर्ने बताए । प्रत्येक ३ महिनामा स्थानीय तहको समिक्षा गरि प्रगति प्रतिवेदन प्रदेश र संघ सरकारमा पेश गर्नुपर्ने भएकाले क्षेत्रगत रुपमा त्रैमासिक समिक्षा गरिएको बताएका थिए ।

जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले जिविकोपार्जनका साथै आयआर्जनमा जोड दिनुपर्ने बताए । बिगतमा हिड्दै सो भूगोलमा आएको स्मरण गर्दै उनले क्रमशः विकास भइरहेको तर्क गरेका थिए ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल र स्थानीय सबैको सहयोगले महाभारत गाउँपालिका धेरै मूल्याकंनमा प्रथम हुन सफल भएको बताए । दुर्गम भएका कारण कर्मचारी आउन नमानेकोमा दुख व्यक्त गर्दै उनले त्यसकारण सार्वजनिक सेवा प्रवाह प्रभावित भएको बताए ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भुगोल समस्या नभएको भन्दै त्यसलाई अवसरको रुपमा विकास गर्नु पर्ने बताए । गाउँपालिका उपाध्यक्ष सागर मोक्तानले कर्मचारी र श्रोतको अभावको कारण सोचे जस्तो विकास गर्न नसकिएको भन्दै दुर्गम भेगमा भएका स्थानीय तहलाई बजेट र कार्यक्रम दिँदा व्यवहारिक भएर कार्यान्वयन गर्नुपर्ने बताए ।

१ बर्षसम्म कैद सजाय हुने मुद्धा स्थानीय न्यायिक समितिबाट टुंगो लगाउने व्यवस्था भएपनि कार्यान्वयनमा हुन नसकेको बताए । निर्माण व्यवसायीलाई मजदुरलाई ज्याला नदिएको घटनामा कार्वाही गर्ने कानून स्थानीय न्यायिक समितिलाई नभएको भन्दै मजदुरलाई न्याय दिने पक्षमा सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताए ।

नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले महाभारत गाउँपालिकामा भइरहेको बिकासले नै यो क्षेत्रको भविष्य निर्धारण गर्ने बताए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयले नागरिकता र सार्वजनिक सेवा प्रबाहका बारेमा महाभारतका जनप्रतिनिधि, कर्मचारी र स्थानीयसंग अन्तरकृया गरेको थियो । दुबै कार्यक्रममा जनप्रतिनिधि ,स्थानिय राजनैतिकदल हरु , स्थानीय बासीहरु र संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो।

2540
Shares

ट्रेन्डिङ