सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बरहथवामा मृत्यु भएका जयशंकरको शव अझै घटनास्थलमै

बरहथवामा मृत्यु भएका जयशंकरको शव अझै घटनास्थलमै

555
Shares
बरहथवामा मृत्यु भएका जयशंकरको शव अझै घटनास्थलमै

सर्लाही  । सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरीको गोली लागेर मृत्यु जयशंकर साहको शव अझै पनि घटनास्थलबाट उठाइएको छैन ।

मृतक परिवार तथा आन्दोलनकारीले मृतकलाई शहीद घोषणा, मृतकको नामबाट प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको नामकरण र स्तरोन्नती तथा बरहथवाका मेयरको राजीनामा लगायतका माग राखेका छन् ।

प्रशासन र  आन्दोलनकारीबीच सहमति हुन नसक्दा शव घटनास्थलमै रहेको हो ।  घटना छानविनका लागि मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो ।

शव व्यवस्थापनका विषयमा शनिबार साँझ अबेरसम्म इलाका प्रहरी कार्यालय बरहथवामा पीडित र प्रहरी प्रशासनका प्रतिनिधिबीच छलफल पनि भएको थियो । प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलासहित जिल्लाका सुरक्षा अधिकारी समेतको सहभागितामा भएको छलफल विना निष्कर्ष सकिएको थियो ।

जयशंकर साहको मृत्युपछि स्थानीय प्रशासनले शनिबार बिहान ८ बजेसम्मका लागि बरहथवा क्षेत्रमा कर्फ्यु लगाएको थियो । 

बरहथवा-६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा भएको प्रदर्शन नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर स्थानीय जयशंकरको मृत्यु भएको थियो ।

555
Shares

ट्रेन्डिङ