सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • थुम्का डाडामा सप्ताहा सुरु , सङ्गकलित रकमबाट शिब मन्दिर निर्माण गरिने

थुम्का डाडामा सप्ताहा सुरु , सङ्गकलित रकमबाट शिब मन्दिर निर्माण गरिने

1290
Shares
थुम्का डाडामा सप्ताहा सुरु , सङ्गकलित रकमबाट शिब मन्दिर निर्माण गरिने

काभ्रे | काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका वडा न ११ र १२ को संगम स्थल चिसापानी माथिको थुम्काडाडामा आज बाट बृहत सप्ताहा ज्ञान महायज्ञ शुरु भएको छ।

थुम्काडाडा बालमैत्री पार्क व्यवास्थापन तथा शिब मन्दिर निर्माणका लागि आयोजित धार्मिक कार्यक्रम २०८० को आयोजना भने थुम्काडाडा बालमैत्री पार्क व्यवास्थापन समिति तथा श्रीमत भागवत परोपकार सेवा कुञ्ज ,मकवानपुरले आयोजना गरेको हो।

आज बाट सुरु भएको सप्ताहा आगामी १२ गते सम्म चल्नेछ। सप्ताहामा वाचक पण्डित मनिष शरण खानाल र उपवाचकका रुपमा विनोद सापकोटाले कथा वाचन नियमित गर्ने छन्।

काभ्रेपलान्चोक क्षेत्र न १ का संसद सुर्य मान दोङ्ग “लालध्वज’ ले सो धार्मिक कार्यक्रमको समुद्घाटन गर्दै यो थुम्काडाडा पार्क र यस पर्यटकीय क्षेत्रका लागि आवस्यक पर्ने योजना यहाको वडा संग समन्वय गरि तय गर्न र त्यो तय भएका योजनालाई आफुले भरपुर सहयोग गरि बजेट व्यवस्थापन र पर्यटकीय क्षेत्र निर्माण गर्नका निमित पहल गर्ने बताए।

संगै उनले सो घार्मिक कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरे। उनले यस मन्दिर निर्माण तथा पर्यटकीय क्षेत्र निर्माण गर्नका निमित भरपुर सहयोग गर्ने बाचा ब्यक्त गरेका छन्। कार्यक्रममा सूर्यमान दोङ्ग संगै नेकपा मावोबादी केन्द्रका प्रदेश सदस्य , वडा कमिटिका अधक्क्ष लगाएत,स्थानीय र संचारकर्मीको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमको सभापतिको रुपमा थुम्काडाडा बालमैत्री पार्क व्यवास्थापन समितिका अध्यक्ष विकास तामाङ्ग रहेका थिए। कार्यक्रमलाई सम्पन्न बनाउन स्थानीय युवाहरु संगै थुम्काडाडा बालमैत्री पार्क व्यवास्थापन समितिका कोषअधक्क्ष समेत रहेका कैलास बस्नेतले लगायत समितिका पदाधिकारी र स्थानीयले कार्य गर्दै आईरहेका छन्।

आयोजकले पनि सो धार्मिक कार्यक्रम र पवित्रकर्मको अबलोकन र नियमित कथा श्रवण गर्न र सामाजिक कार्यका लागि सकेको सहयोग गर्न समेत अनुरोध गरेको छ।

1290
Shares

ट्रेन्डिङ