सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • बिहे गरेको दुई महिनामै श्रीमतीको हत्या

बिहे गरेको दुई महिनामै श्रीमतीको हत्या

710
Shares
बिहे गरेको दुई महिनामै श्रीमतीको हत्या

सल्यान | विवाह गरेको दुई महिना नबित्दै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । छत्रेस्वरी गाउँपालिका-५, लेखपोखराको ढाकुडाँडाकी अन्दाजी बर्ष १९/२० की श्रीमती सीमा कवरको हत्या गरेको आरोपमा श्रीमान् २२ वर्षीय मोहन पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

पुनले गत मंसिर १० गते मात्र सीमालाई भगाएर बिहे गरेका थिए । तर सोमबार दिउँसो उनको घरभित्रै सीमाको शव फेला परेको थियो । स्थानीयले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले शंकास्पद देखिएपछि श्रीमान् मोहनलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए ।

प्रहरीका अनुसार मृतक युवतीको शरीरमा निलडाम छन् । उनको नाम सीमा कवर भनिएपनि अहिलेसम्म बास्तविक नाम समेत खुलेको छैन ।

वडाध्यक्ष फौदबहादुर बस्नेतले भने आइतबार राति कटुपिट गरेर मोहनले श्रीमतीको घरमै हत्या गरेको देखिएको बताए । ‘मृतकको शरीरभरि निलडाम छन् । लठ्ठी र दाउराले कुटपिट गरेको देखिएको छ,’ वडाध्यक्ष बस्नेतले भने ।

प्रहरीले सोधपुछ गर्दा मोहनले प्रारम्भिक वयानमा आफूले श्रीमतीकाे हत्या गरेको स्वीकार गरेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

710
Shares

ट्रेन्डिङ