सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • न्यायाधीश मरासेनीको निधनमा जिल्ला अदालतमा शोक बिदा

न्यायाधीश मरासेनीको निधनमा जिल्ला अदालतमा शोक बिदा

475
Shares
न्यायाधीश मरासेनीको निधनमा जिल्ला अदालतमा शोक बिदा

काठमाडौँ । उच्च अदालत पाटनले न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनमा आज शोक बिदा दिएको छ ।

आज उच्च अदालत पाटन, हेटौँडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतमा शोक बिदा दिएको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिएका छन् ।

उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको मङ्गलबार हृदयघातका कारण ५६ वर्षको उमेरमा निधन भएको थियो ।

हृदयघात भएपछि उनलाई उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पुर्‍याइएको थियो । जहाँ उपचारका क्रममा उनको निधन भएको थियो । उनको हिजो साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

 

475
Shares

ट्रेन्डिङ