सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सुल्तान इब्राहिम बने मलेसियाका नयाँ राजा

सुल्तान इब्राहिम बने मलेसियाका नयाँ राजा

600
Shares
सुल्तान इब्राहिम बने मलेसियाका नयाँ राजा

काठमाडौं । सुल्तान इब्राहिम मलेसियाको १७ औं राजा नियुक्त भएका छन्।

लेसियाका राजा अल सुल्तान अब्दुल्ला सुल्तान अहमद शाहको पाँच वर्षे कार्यकाल समाप्तिसँगै उनी बिदा भएपछि सुल्तान इब्राहिम मलेसियामा नयाँ राजा नियुक्त भएका हुन्। गत वर्षको अक्टोबर २३ मा बसेको बैठकले ६५ वर्षीय सुल्तान इब्राहिमलाई देशको १७ औं याङ दि-पर्तुआन अगोङ नियुक्त गर्ने निर्णय गरेको थियो।

सो अनुसार बुधबार क्वालालम्पुरस्थित नेशनल प्यालेसमा उनले शपथ लिएका हुन्।याङ दि पर्तुआन अगोङको कार्यकाल पूरा गरेका अल सुल्तान अबदुल्लाह सुल्तान अहमद आफ्नो गृहराज्य पहाङका सुल्तानको जिम्मेवारीमा फर्कनेछन्।

मलेसियामा राजाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सल्लाहअनुसार काम गर्छ तर विशेष परिस्थितमा अख्तियार गर्न पाउनेगरी विशेष अधिकारको समेत प्रबन्ध गरिएको हुन्छ।

600
Shares

ट्रेन्डिङ