सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • जीप दुर्घटना हुँदा २ जनाको ज्यान गयो

जीप दुर्घटना हुँदा २ जनाको ज्यान गयो

575
Shares
जीप दुर्घटना हुँदा २ जनाको ज्यान गयो

अर्घाखाँची | अर्घाखाँचीको ढाकावाङ्गमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ्ग थापाडाँडामा लु १ ज १६७९ नम्बरको जीप आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा भूमिकास्थान–२ मुलटंकीका देवा बेल्वासे र सन्धिखर्क–८ खापडाँडाका डेमकला बेल्वासेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पणेना–१ का कपिला खनाल पोख्रेल र सर्मिक पोख्रेल घाइते हुनुभएको छ ।

घाइते दुवैजनालाई उपचारका लागि सन्धिखर्क पठाएको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

575
Shares

ट्रेन्डिङ