सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • श्रीमती र छोराको हत्या अभियोगमा प्रहरी जवान पक्राउ

श्रीमती र छोराको हत्या अभियोगमा प्रहरी जवान पक्राउ

360
Shares
श्रीमती र छोराको हत्या अभियोगमा प्रहरी जवान पक्राउ

दाङ । श्रीमती र छोराको हत्या अभियोगमा दाङमा एक प्रहरी जवान पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली २२ वर्षीय श्रीमती टीका विक र साढे दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा प्रकाउ परेका हुन् । 

आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

डीएसपी मल्लका अनुसार रोल्पा रुन्टीगढी गाउँपालिका-९ घर भएका नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए । 

360
Shares

ट्रेन्डिङ