सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • चिनियाँ टिममाथि नेपाली ५-१ ले विजयी

चिनियाँ टिममाथि नेपाली ५-१ ले विजयी

675
Shares
चिनियाँ टिममाथि नेपाली ५-१ ले विजयी

काठमाडौँ | समीर तामाङको दुई गोलको मद्दतले नेपालको यू–२३ टिमले शनिबार दशरथ रंगशालामा आयोजित मैत्रीपूर्ण खेलमा चीनको छिङ हाइ युसुलाई ५–१ ले हराएको छ । पूरा खेल अवधिमा तिब्बतबाट नेपाल भ्रमणमा आएको टिममाथि घरेलु टिमको पूर्ण हाबी रह्यो र यसै कारण फराकिलो जित निस्केको हो ।

खेल चिनिया नयाँ वर्षको अवसरमा आयोजना गरिएको हो । नेपालका लागि समीरसँगै सन्जिव विष्ट, छिरिङ लामा र नीराजन धामीले एक एक गोल गरे । खेलको दोस्रो मिनेटमा आयुष घलानको क्रसमा सन्जिवले हेडबाट पहिलो गोल गरे । खेलको ३७ औं मिनेटमा छिरिङको क्रसलाई समीरले नजिकको दूरीबाट हेड गर्दै गोल गरे ।

खेलको तेस्रो गोल दोस्रो हाफको ५४ औं मिनेटमा निस्केको थियो, जति बेला सन्जिवको क्रसलाई समीरले हेडबाट पोस्टको दिशा दिए । छिरिङले ६३ औं मिनेटमा उत्सवले चौथो गोल गरे । यस्तै, ७४ औं मिनेटमा नीराजनले पाँचौं गोल गरे । खेलको पहिलो राम्रो मौका भने छिङ हाइ युसले बनाएको थियो ।

बुझाउ निमाको प्रहारले पोस्टका दिशा लिए पनि त्यो अफ साइद रह्यो । उसका लागि एक मात्र गोल झाछि पेङकुओले गरे । खेलको ७८ औं मिनेटमा पोस्टमा लागेर फर्केको बलममा उनले आफ्नो टिमका लागि सान्त्वना गोल गरेका हुन् । यस चिनियाँ टिमको यो विदेशी भूमिमा पहिलो खेल हो ।

675
Shares

ट्रेन्डिङ