सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • यात्रुलाई अपशब्द प्रयोग गर्ने चालक र सहचालक पक्राउ

यात्रुलाई अपशब्द प्रयोग गर्ने चालक र सहचालक पक्राउ

455
Shares
यात्रुलाई अपशब्द प्रयोग गर्ने  चालक र सहचालक पक्राउ

काठमाडौं । सार्वजनिक यातायातमा यात्रुलाई अपशब्द प्रयोग गर्ने चालक र सहचालक पक्राउ परेका छन् ।

उनीहरुविरुद्ध अपशब्द प्रयोग गरेर गालीगलौज गरेको जिकिरसहित मुलुकी अपराध संहिता, २०७४ को दफा १६० बमोजिम कारबाही गर्न भन्दै प्रहरी वृत्त, बानेश्वरमा किटानी जाहेरी परेको थियो ।

काठमाडौं महानगरपालिका–३२, तिनकुनेस्थित सार्वजनिक स्थानमा बसका चालक शेकबहादुर पौडेल र सह–चालक बिक्रम कार्कीले भेदभाव पूर्ण र अपमानजनक व्यवहार गरेको भन्दै जाहेरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेपछि प्रहरीसमक्ष बयान दिँदै सहचालक विक्रमले तिनकुनेमा जाहेरी दिने व्यक्तिलाई ‘भैया जाने हो’ भनेको उल्लेख गरेका छन् । त्यसपछि उनले विवाद गरेको र त्यही क्रममा चालक शेकबहादुर पौडेलले पनि बसबाट झरेर गाली गलौज गरेको बिक्रमको बयान छ ।

दुवैको बयान र अनुसन्धान सकेर प्रहरीले बुझाएको रायसहितको प्रतिवेदनका आधारमा जिल्ला अदालत, काठमाडौंमा जातको आधारमा छुवाछुत वा भेदभावपूर्ण व्यवहार गर्नु नहुने कसूरमा मुद्दा दर्ता भएको छ ।

455
Shares

ट्रेन्डिङ