सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ढुंगाले हानेर २ जनाको हत्या

ढुंगाले हानेर २ जनाको हत्या

595
Shares
ढुंगाले हानेर २ जनाको हत्या

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ मा शनिबार दिउँसो धारिलो ढुङ्गा  को प्रहार गरेर दुई जनाको हत्या भएको छ भने एक जना घाइते भएका छन् ।

ढुङ्गा हारबाट मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको  हो । मनिषाकी सात वर्षीया नातिनी प्रियङ्का गर्बुजाको उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै ६६ वर्षीया अमृता जुग्जाली घाइते छिन्  । अमृताको पोखरामा उपचार भइरहेको छ ।

मनिषालाई प्रहार गरेको देखेर बचाउन गएका प्रियङ्का र अमृतालाई आक्रमणकारीले चिर्पट प्रहार गरेर घाइते बनाइ भागेका स्थानीयको भनाइ छ ।

घाइते दुवैलाई थप उपचारका लागि दरवाङबाट हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए ।

प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत अध्ययन र अनुसन्धान भइरहेकाले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक नगरिएको प्रहरीको भनाइ छ ।

595
Shares

ट्रेन्डिङ