सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • युवकको हत्या गरेको अभियोगमा एक जना पक्राउ

युवकको हत्या गरेको अभियोगमा एक जना पक्राउ

365
Shares
युवकको हत्या गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । काठमाडौंको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैन । आज पत्रकार सम्मेलन गरेर यस विषयमा सार्वजनिक गर्ने एसपी कुमोध ढुंगेलले बताए । प्रहरीका अनुसार, दिपेश र पक्राउ परेका व्यक्ति दुवै मिस्त्री काम गर्दै आएका थिए ।

सामान्य विवादमा धारिलो वस्तु प्रहार गरेर हत्या गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

प्रहरी वृत्त, महाराजगञ्जको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो । खड्काका केही साथीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

365
Shares

ट्रेन्डिङ