सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • माओवादीको नाममा चन्दा आतंक मच्चाउने २ जना पक्राउ

माओवादीको नाममा चन्दा आतंक मच्चाउने २ जना पक्राउ

375
Shares
माओवादीको नाममा चन्दा आतंक मच्चाउने २ जना पक्राउ

 विराटनगर । धम्की दिएर चन्दा असुली गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

भूमिगत संगठनको नाममा  मोरङ, सुनसरी र झापाका शैक्षिक संस्थाहरुमा चन्दा आतंक मच्चाउने दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा इलाम माम्सेबुङ १ गजुरमुखी घरभई काठमाडौँ भिमसेनगोला बस्दै आएका ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका- १ का ३० वर्षीय विपिन अधिकारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक (एसपी) दीपक पोखरेलका अनुसार यो समूहले पछिल्लो केही समय यता नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नाममा शैक्षिक संस्थाहरुमा चन्दा आतंक मच्याइरहेको थियो । नेपाल कम्युनिट पार्टी (माओवादी)को महासचिव महावीरको नाममा यो समूहले शैक्षिक संस्थाहरुमा चन्दाका लागि चिट्ठी पठाएको थियो । चन्दा नदिए बम विष्टफोट गराउने धम्कीसमेत दिने गरेको थियो ।

पक्राउ परेका व्यक्तिको साथबाट विष्फोटक पदार्थ बनाउने सामग्री पनि फेला परेको छ । प्रहरीका अनुसार मिश्रको साथमा रहेको झोलामा सात वटा डेटोनेटर, १८ फिट ३ इन्च लम्बाइको डेडकर्ड, १ केजी सोडा र सहयोग रसिदको दुई वटा ठेली बरामद भएको छ ।

375
Shares

ट्रेन्डिङ