सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण 

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण 

355
Shares
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण 

काठमाडौं। वसन्त पञ्चमीका अवसरमा  राष्ट्रपति रामचन्द्र पौडेलले  बुधबार बिहान वसन्तपुर हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण  गरेका छन् ।

कार्यक्रममा राष्ट्रपति पौडेलले पूजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण गर्नुभयो । राष्ट्रपति पौडेलले उक्त अवसरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरेका थिए । राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायतको उपस्थिति थियो । राष्ट्रपतिले सरस्वती पूजाको अवसरमा सो स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा छ । वसन्तपञ्चमीमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिन्छ भने वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ ।

355
Shares

ट्रेन्डिङ