सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काभ्रेको २ स्थानमा आगोलागि, पशुचौपायको क्षति

काभ्रेको २ स्थानमा आगोलागि, पशुचौपायको क्षति

980
Shares
काभ्रेको २ स्थानमा आगोलागि, पशुचौपायको क्षति

काभ्रे: धुलिखेल नगरपालिका र बनेपा नगरपालिकाको छुट्टाछुट्टै स्थानमा दुईवटा गोठमा आगोलागि भएको छ ।

धुलिखेल नगरपालिका वडा नम्बर १२ शंखु अधेँरी सुमन जंग थापाको ढुंगा माटोको गारो र जस्ताले छाएको २ तल्ले गोठमा एक्कासि करेन्ट सर्ट भई आगलागि भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

आगलागिबाट मानबिय क्षति नभएता पनि गाई १ वटा र बाख्रा ६ वटा जलेको छ । करिब ४ लाख ९० हजार बराबरको आर्थिक क्षति भएको छ ।

त्यसैगरी बनेपा नगरपालिका वडा नम्बर ३ राईमालेमा पुरुषोत्तम दंगालको ढुङ्गा माटोको गारो र जस्ताले छाएको २ तल्ले कच्ची गाईगोठमा आगोलागि भएको छ ।

मानविय क्षति भएको छैन । पशुचौपया क्षति भएको बताईएको छ । आगलागीको कारण खुलेको नखुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

980
Shares

ट्रेन्डिङ