सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विश्वको ध्यान नेपालमा केन्द्रित भएको छ : अर्थमन्त्री महत

विश्वको ध्यान नेपालमा केन्द्रित भएको छ : अर्थमन्त्री महत

345
Shares
विश्वको ध्यान नेपालमा केन्द्रित भएको छ : अर्थमन्त्री महत

काठमाडौँ | अर्थमन्त्री डा.प्रकाशशरण महतले क्लिन र ग्रिन ऊर्जा भएको हुनाले विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताएका छन् ।

शुक्रबार इप्पानले आयोजना गरेको जलविद्युत बीमा नीति र दृष्टिकोण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले नेपालमा जलविद्युत उत्पादनको ठूलो सम्भावना रहेको भन्दै ऊर्जा क्षेत्रको भविष्य सुनौलो रहेको बताए ।

उनले पछिल्लो समय दक्षिण एशियाका देशहरुमा समेत जलविद्युत उत्पादन प्रति उत्साह वृद्धि भएको दाबी गरे । उनले भारत लगायत बाहिरी लगानीकर्ताको आकर्षण समेत जलविद्युत क्षेत्रमा बढिरहेको उल्लेख गरे । उनले ऊर्जा क्षेत्रलाई अघि बढाउँदै ऊर्जामार्फत मुलुकमा आर्थिक समृवृद्धि ल्याउने विषयमा सकारको ध्यान केन्द्रित रहेको बताए ।

अर्थमन्त्री महतले कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्ने लक्ष्यलाई नेपालबाट सानो योगदान हुने भन्दै अन्तर्राष्ट्रिय समुदाय र क्षेत्रीय देशहरु पनि सकारात्मक देखिएको बताए । उनले नेपाल भित्र २०४६ सालपछि जलविद्युत सम्बन्धी खुला नीतिसँगै निजी क्षेत्रलाई प्रवेश गराउँदा अहिले ठूलो आयोजनामा समेत लगानी गर्नसक्ने अवस्था सिर्जना भएको बताए ।

उनले जलविद्युतको क्षेत्र समस्यारहित नभएको भन्दै यस क्षेत्रका समस्या समाधान गर्न सरकारले कोसिस गरिरहेको बताए । उनले वन र वातावरण सम्बन्धी समस्या बारम्बार छलफल भइरहेको बताए । उनले क्षति भएको आयोजनामा कर छुट दिने विषयमा छलफल भइरहेको बताए ।

अर्थमन्त्री महतले बीमाबाट तत्काल रिटन खोज्ने प्रविधि रहेको भन्दै तत्काल रिटन खोज्नेभन्दा पनि पोलिसी छनोटमा ध्यान दिन आवश्यक रहेको बताए । उनले कम्पनीहरुले बीमासम्बन्धि ज्ञान लिन आवश्यक रहेको बताए ।

345
Shares

ट्रेन्डिङ