सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राष्ट्रपति पौडेलले गरे शालीनदीमा पूजा अर्चना

राष्ट्रपति पौडेलले गरे शालीनदीमा पूजा अर्चना

670
Shares
राष्ट्रपति पौडेलले गरे शालीनदीमा पूजा अर्चना

काठमाडाैं  ।  राष्ट्रपति रामचन्द्र पौडेल काठमाडाैं शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा  पूजा अर्चना गरेका छन् ।

राष्ट्रपति पौडेलले वज्रयोगिनी मन्दिरमा समेत दर्शन एवम् पूजा अर्चना गरेका छन् । वज्रयोगिनी मन्दिर पुग्नुहुँदा शङ्खरापुर ८ का वडाध्यक्ष पोटे थिङ र ४ का वडाध्यक्ष सुनाबहादुर तामाङलगायत स्थानीयवासीले स्वागत गरेका थिए ।

पौडेलले भृकुटी र स्रङचङगम्पोसँगको ऐतिहासिक महत्व जोडिएको वज्रयोगिनी  र धार्मिक एवम् ऐतिहासिक महत्वको शालीनदी क्षेत्रको विकासको लागि राज्यले विशेष ध्यान दिने विश्वास व्यक्त गरे ।

सो क्रममा नगरप्रमुख एवम् उपप्रमुखलगायतका जनप्रतिनिधिले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको क्षेत्र भए पनि वज्रयोगिनी मन्दिर भग्नावशेषको अवस्थाका रुपमा रहेको, शालीनदी क्षेत्रको विकास हुन नसकेको, पुनर्निर्माणका कामले गति लिन नसकेको र कतिपय विकासका काम अधुरै रहेको गुनासो  पोखेका छन् ।

सांसदहरुले शालीनदीमा राष्ट्रप्रमुख पहिलोपटक आएकोमा स्थानीय बासिन्दा अत्यन्त हर्षित भएको बताएका छन् ।

670
Shares

ट्रेन्डिङ