सबैको समाचार
शनिबार, बैशाख १५, २०८१

आज देशभर मौसम बदली

485
Shares
आज देशभर मौसम  बदली

काठमाडौं ।  अहिले नेपालमा पश्चिमी वायुको प्रभाव छ । पश्चिमी वायु नेपालको पश्चिम भूभागबाट प्रवेश गरी पूर्वतिर सर्ने क्रममा छ ।

आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशैभर बादल लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान पोखरा र विराटनगरमा फाट्टफुट्ट वर्षा  भएको सूचना आएको महाशाखाका मौसमविद सन्जिव अधिकारीले जानकारी दिए । 

बुधबार काठमाडौं उपत्यकामा पनि फाट्टफुट्ट वर्षाको सम्भावना छ । बिहीबार तराई मधेशका जिल्ला र कोशीसहितका अरु पहाडी भूभागहरुमा पनि वर्षाको सम्भावना रहेको मौसमविद अधिकारीले बताए । एक-दुई ठाउँमा मेघ गर्जन पनि हुनसक्ने उनले बताए ।

विगत चौबिस घण्टामा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही भूभागमा र बागमती प्रदेशका थोरै भूभागमा वर्षा भएको मौसम पूर्वानुमान महाशााले जनाएको छ ।

485
Shares

ट्रेन्डिङ