सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान सुरु

आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान सुरु

710
Shares
आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान सुरु

काठमाडौं । आजदेखि दादुरा-रुबेलाविरुद्धको खोप अभियान देशभर सुरु भएको छ ।

दादुरा-रुबेला खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई यो खोप लगाइने छ ।राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितका अनुसार दादुरा, रुबेला खोप अभियानको कार्यक्रम फागुन १३ देखि चैत ७ गतेसम्म सन्चालन हुने छ ।

तराई मधेशका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइने छ । बाँकी जिल्लाहरुमा भने ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई लगाइनेछ ।

५७ लाख ८२ हजार ९९३ बालबालिकालाई यसपटक दादुरा र रुबेलाको खोप लगाइने छ । यो खोप नेपालभरका ४८ हजार ७९८ केन्द्रबाट लगाइने छ । नियमित खोप लगाउन छुटेका बालबालिकाहरुलाई यो अभियानमा समेट्ने लक्ष्य राखिएको छ ।

710
Shares

ट्रेन्डिङ