सबैको समाचार
आइतवार, बैशाख १६, २०८१

बालिकाको जलेर मृत्यु

455
Shares
बालिकाको जलेर मृत्यु

जाजरकोट। जाजरकोटमा एक बालिकाको भान्सा कोठामा सुतेको  अवस्थामा जलेर मृत्यु भएको छ ।

बारेकोट गाउँपालिका ९ खारीगाउँमा गोपाल जैसीकी १७ महिनाकी छोरी  नतसा जैशीको  भान्सा कोठामा सुतेको  अवस्थामा  एक्कासि  चुल्होमा परेर मृत्यु भएको हो ।

गम्भीर घाइते बालिकालाई मिसन अस्पताल चौरजहारीमा उपचारको लागि लगिएकामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी सन्तोष कुमार रोकाले घरमा कोही नभएको अवस्थामा भान्सा कोठामा सुतेकी बालीका चुल्होमा परेर गम्भीर घाइते भएको र उपचारको क्रममा मृत्यु भएको बताएका छन् ।

455
Shares

ट्रेन्डिङ