सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • रवि लामिछानेबारे प्रधानमन्त्रीको अभिव्यक्ति- आफूतिर आए प्रधानमन्त्री बनाउन तयार, नआए भ्रष्टाचारी

रवि लामिछानेबारे प्रधानमन्त्रीको अभिव्यक्ति- आफूतिर आए प्रधानमन्त्री बनाउन तयार, नआए भ्रष्टाचारी

275
Shares
रवि लामिछानेबारे प्रधानमन्त्रीको अभिव्यक्ति- आफूतिर आए प्रधानमन्त्री बनाउन तयार, नआए भ्रष्टाचारी

काठमाडौं। प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापति तथा उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेबारे अभिव्यक्ति दिएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आफूलाई विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सांसदहरुको आरोपलाई खण्डन गर्ने क्रममा गृहमन्त्री लामिछाने इंगित अभिव्यक्ति दिएका हुन् ।

बैठकमा बोल्ने क्रममा सांसदहरूले ‘उथलपुथल भनेको सहकारी ठगीको आरोप लागेकालाई गृहमन्त्री बनाउने हो ?’ भनेर गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डल आफूतिर आए प्रधानमन्त्री बनाउन तयार हुने र नआए भ्रष्टाचारी भन्दै कारबाही गर्नुपर्ने यो कस्तो डबल स्ट्यान्ड भनेर प्रश्न गरे ।

‘तीनैलाई प्रधानमन्त्री बनाउन हिँडेको देखिरहेका छौँ । आफूतिर आए प्रधानमन्त्री बनाउन तयार, नआए भ्रष्टाचारी, कारबाही गर्नुपर्छ, यस्तो डबल स्ट्यान्ड,’ प्रधानमन्त्री प्रचण्डले भने ।

275
Shares

ट्रेन्डिङ