सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट

नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट

365
Shares
नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट

 सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकम (एनटिसी)को टावर परिसरमा कुकर बम विस्फोट भएको छ ।

दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा शुक्रबार बिहान करिब ३ बजेतिर कुकर बम विस्फोट भएको हो ।

प्रहरी चौकी कुशेश्वर दुम्जाबाट खटिएको टोलीले नेपाल टेलिकमको टावर परिसर भित्र रहेको पक्की घरको झ्यालमा कुकरको बिर्को अड्किएको, कुकरको भाग भुईंमा रहेको, त्यस नजिकै पेट्रोलको गन्ध आउने दुईवटा खाली बोतल र जनमुक्ति सेना लेखिएको पर्चा फेला पारेको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको छ ।

365
Shares

ट्रेन्डिङ