सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • हत्या भएकी नर्सका प्रेमी पनि मृत भेटिए

हत्या भएकी नर्सका प्रेमी पनि मृत भेटिए

380
Shares
हत्या भएकी नर्सका प्रेमी पनि मृत भेटिए

 विराटनगर । विराटनगर महानगरपालिका-४ मा हत्या गरिएको अवस्थामा भेटिएकी चन्द्रिकाकुमारी दासको प्रेमी शिवशंकर दास पनि मृत भेटिएका छन् ।

नर्सको हत्या गरेको कोठा नजिकै रहेको होटल फाइनको कोठा नम्बर १०२ मा झुण्डिएको अवस्थामा शिवशंकर दासको शव भेटिएको  प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको थियो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको अवस्थामा शव भेटिएको थियो ।

त्यससँगै आइतबार राति उनका प्रेमी २२ वर्षीय शिवशंकर दास पनि मृत भेटिएका  हुन् ।

सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स दास नोबेल मेडिकल कलेजमा कार्यरत थिइन् । शिवशंकर वैदेशिक रोजगारीका लागि मलेसियामा थिए ।  उनी केही दिन चन्द्रिकाको कोठामा बसे । त्यहाँ चन्द्रिका र शिवशंकरबीच विवाद पनि भएको थियो ।

प्रहरी नायव उपरीक्षक दाहालका अनुसार शिवशंकर र चन्द्रिकाबीच केही वर्ष अघिदेखि प्रेम सम्बन्ध देखिन्छ । तर, शिवशंकरले चन्द्रिकाले धोका दिएको भन्दै हत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।

डिएसपी दाहालका अनुसार आइतबार दिउँसो शिवशंकरले घरमा पनि सम्पर्क गरेका थिए । फोनमा उनले फ्रस्टेसन भएको बताएका थिए । उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

380
Shares

ट्रेन्डिङ