सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

300
Shares
जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

म्याग्दी  म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ पाउद्वार जाँदै गरेको जिप आइतबार साँझ दुर्घटना हुँदा २ जना मृत्यु भएको छ । 

मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका–५, पाउद्वार बस्ने चालक गणेश श्रेष्ठ र सोही ठाउँका लालबहादुर तिलिजा रहेको प्रहरीले जनाएको छ ।

गाउँपालिका केन्द्र पोखरेबगरबाट पर्यटक लिन पाउद्वारतर्फ जाँदै गरेको ग १ ज ७६५३ नम्बर प्लेटको यात्रुवाहक जिप सोही गाउँको पुछारमा पर्ने नेपाने भन्ने स्थानमा दुर्घटना भएको हो ।  पर्यटक लिन आइतबार साँझ नै पाउद्वार गाउँ पुग्नुपर्ने जिप रातिसम्म नपुगेपछि सोमबार बिहान स्थानीयवासीहरुले खोजी गर्दा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

जिप सडकदेखि करिब ५० मिटर तल  खसेको छ ।

300
Shares

ट्रेन्डिङ