सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बसको ठक्करबाट २ जनाको मृत्यु भएपछि राजमार्ग अवरुद्ध

बसको ठक्करबाट २ जनाको मृत्यु भएपछि राजमार्ग अवरुद्ध

350
Shares
बसको ठक्करबाट २ जनाको मृत्यु भएपछि राजमार्ग अवरुद्ध

 दाङ । दाङ देउखुरीको राजपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि पीडित परिवारलाई राहत र दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले सडक अवरुद्ध पारेका छन् ।

शनिबार साँझ हुलाकी राजमार्गअन्तर्गत राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवा र नौसरा बीचमा रहेको कोरिया खोला पुल नजिक रा १ ख २३६० नम्बरको बस र रा ७ प २०७ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार राजपुर गाउँपालिका–५ नौसरा निवासी २४ वर्षीय प्रमोद यादव र २४ वर्षकै प्रदिप यादवको मृत्यु भएको थियो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ८ जहरेचोकमा स्थानीयको अवरोधका कारण सवारी साधन चल्न सकेका छैनन् । राजमार्ग खुलाउने प्रयासमा उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ । स्थानीयले प्रहरीको तैनाथी बढाइएको विषयमा पनि विरोध गरेका छन् ।

 

350
Shares

ट्रेन्डिङ