सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

365
Shares
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनुषा । धनुषामा कारले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ४ बस्ने करिब २५ वर्षका रामबाबु साह रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका साहको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमै उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको  हो ।

आज बिहान सवा ६ बजेतिर लक्ष्मीनियामा प्रदेश २-०२-००४ प ६९४७ मोटरसाइकललाई बी.एल.१२ सी ०९४४ भारतीय नम्बरको कारले पछाडिबाट ठक्कर दिएको थियो ।

कार चालक दुर्घटनापश्चात फरार भएका छन् ।

365
Shares

ट्रेन्डिङ