सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • उत्तरपुस्तिका हराएपछि १ वर्षपछि पुनः परीक्षा लिंदै त्रिवि

उत्तरपुस्तिका हराएपछि १ वर्षपछि पुनः परीक्षा लिंदै त्रिवि

260
Shares
उत्तरपुस्तिका हराएपछि १ वर्षपछि पुनः परीक्षा लिंदै  त्रिवि

स्नातक तह पहिलो वर्षको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषयको उत्तरपुस्तिका हराएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एक वर्षपछि पुनः परीक्षा लिने भएको छ ।

 स्नातक तह पहिलो वर्षको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत जनसंख्या तथा स्वास्थ्य, कोड नं ४२२ र शिक्षा संकायअन्तर्गत शिक्षाको आधार कोड नं ४१२ विषयको पुनः परीक्षा हुने भएको हो ।पुनः परीक्षा २१ चैतमा हुने विश्वविद्यालयले जनाएको छ ।

उत्तरपुस्तिका हराएको विषय छानबिनका लागि त्रिविले पूर्व रजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेलको संयोजकत्वमा समिति गठन गरेको छ । 

260
Shares

ट्रेन्डिङ