सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

330
Shares
ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

 धादिङ । धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि ट्रकमा सवार ८ जना घाइते भएका छन् । घाइते ८ जनालाई उद्दार गरी जिल्ला अस्पताल धादिङतर्फ ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रले जानकारी गराए ।

नीलकण्ठ नगरपालिका–५ दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको एसपी मिश्रले बताए ।

330
Shares

ट्रेन्डिङ