सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • २३ किलो चरेस जस्तो पदार्थसहित एक जना पक्राउ

२३ किलो चरेस जस्तो पदार्थसहित एक जना पक्राउ

425
Shares
२३ किलो चरेस जस्तो पदार्थसहित एक जना पक्राउ

बर्दिया । बर्दियामा प्रहरीले करिब २३ किलो चरेस जस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

 बढैयाताल गाउँपालिका-२ सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टले चेकिङका क्रममा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका व्यक्ति  रुकुम पश्चिमको सानोभेरी गाउ पालिका-५ का ३४ वर्षीय बमबहादुर पुन रहेका छन् ।

उनीसँग रहेका दुई वटा झोलाबाट प्लास्टिकले बेरेको ३९ वटा प्याकेटमा रहेको करिब २३ किलो लागुऔषध चरेस जस्तो देखिने पदार्थ बरामद भएको छ ।

425
Shares

ट्रेन्डिङ