सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • केन्द्रले औषधि आपूर्ति नगर्दा समस्या

केन्द्रले औषधि आपूर्ति नगर्दा समस्या

4210
Shares
केन्द्रले औषधि आपूर्ति नगर्दा समस्या

सरकारले निःशुल्क रुपमा स्वास्थ्य संस्थामार्फत वितरण गर्ने औषधि खरिद नगर्दा समस्या देखिएको छ । दुई वर्षदेखि केन्द्रबाट आपूर्ति गर्ने औषधि खरिद नभएपछि जिल्लाका स्वास्थ्य संस्थामा औषधि वितरणमा कठिनाइ भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्ला स्वास्थ्य कार्यालयले कुल मागको २० प्रतिशत मात्र औषधि खरिद गर्न पाउने भएकाले बाँकी औषधि आपूर्तिका लागि केन्द्र तथा क्षेत्रमा भर पर्नुपर्ने हुन्छ ।
“सरकारले निःशुल्क रुपमा वितरण गर्ने भनिएका ७० प्रकारका औषधिको कुल मागको ५० प्रतिशत केन्द्र, ३० प्रतिशत क्षेत्र र बाँकी २० प्रतिशत जिल्लाबाट खरिद गर्ने व्यवस्था छ, जिल्लाले मात्रै खरिद गरेर आपूर्ति गर्न सक्दैन । केन्द्र र क्षेत्रबाट आउने औषधि दुई वर्षदेखि अनियमित भएको छ” जिल्ला जनस्वास्थ्य प्रमुख डा मनिषा रावलले भन्नुभयो ।
केन्द्र तथा क्षेत्रबाट औषधि प्राप्त नभए पनि जिल्लामा औाषधिको अभाव हुन नदिने जनस्वाथ्य प्रमुख डा रावलले जानकारी दिनुभयो । “हाल जिल्लाका दुई प्राथमिक स्वास्थ्य केन्द्रसहित सबै स्वास्थ्य संस्थामा आगामी दुई महिनाका लागि पुग्ने औषधि हस्तान्तरण भइसकेको छ, मन्त्रालयबाट औषधि खरिदका लागि थप रु १० लाख प्राप्त भएकामा सोको टेन्डर पनि भइसकेको छ ।” रावलले भन्नुभयो । आगामी दुई महिनाका लागि पर्याप्त औषधि स्वास्थ्य संस्थामा उपलब्ध गराइएको बताइएको छ । रासस

4210
Shares

ट्रेन्डिङ