• होमपेज
  • मधेसी मोर्चाले दुई दिन मधेस बन्द गर्ने

मधेसी मोर्चाले दुई दिन मधेस बन्द गर्ने

मधेसी मोर्चाले दुई दिन मधेस बन्द गर्ने

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तरीमा भएको घटनाप्रति भत्र्सना गरेको छ । सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा बसेको आकस्मिक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले सप्तरीमा जनताले गरिरहेको शान्तिपूर्ण विरोध कार्यक्रमको सिलसिलामा प्रहरीले दमनकारी कार्य गरी सञ्जन मेहता, दीगम्बर यादव, पीताम्बर लाल मण्डल र आनन्द साहलाई गोली हानेर हत्या गर्नुका साथै दर्जनौंलाई घाइते बनाएको घटनाप्रति मोर्चाले घोर निन्दा एवम् भत्र्सना गर्दछ मोर्चाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ– “ यस्तो घटनाले मानवअधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनको समेत उल्लङ्घन गर्ने कार्य भएको छ, राज्य पक्षबाट हुने यस्तो गैर लोकतान्त्रिक एवम् अमानवीय हिंसात्मक कार्यको मधेसी मोर्चा घोर निन्दा एवम् भत्र्सना गर्दछ ।”
त्यसैगरी मोर्चाले घाइते भएकाको तत्काल स्वास्थ्योपचारका साथै हत्यामा दोषी रहेकालाई तुरुन्त कारबाही गर्नुपर्ने मागसमेत गरेको छ ।
बैठकले नेकपा (एमाले) का केही शीर्ष नेताले मधेस र मधेसीविरुद्ध गैर जिम्मेवार, भड्काउपूर्ण एवम् उत्तेजक अभिव्यक्ति नै यस घटनाको मुख्य कारक तत्व रहेको ठहर गरेको विज्ञप्तिमा उल्लेख छ ।
“मधेसमा भइरहेको हिंसा, हत्याको विरोधमा यही फागुन २४ र २५ गते दुई दिन मधेस बन्द गर्ने निर्णय गरेको”– विज्ञप्तिमा भनिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका